(१) ऐनको दफा २३ बमोजिमको राष्ट्रिय समितिमा देहायका अध्यक्ष र सदस्य रहने छन् :—
(क) सचिव, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय अध्यक्ष
(ख) सहसचिव, श्रम मन्त्रालय सदस्य
(ग) सहसचिव, गृह मन्त्रालय सदस्य
(घ) सहसचिव, परराष्ट्र मन्त्रालय सदस्य
(ङ) सहन्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय सदस्य
(च) प्रहरी नायव महानिरीक्षक, नेपाल प्रहरी सदस्य
(छ) मानव बेचबिखन तथा ओसापसार विरुद्धको क्षेत्रमा कार्यरत संस्था वा व्यक्तिहरु मध्येबाट यथासम्भव समावेशी सिद्धान्तका आधारमा
मन्त्रालयले मनोनीत गरेको तीन जना महिला सदस्य
(ज) मानव बेचबिखन तथा ओसारपसार पीडित व्यक्तिहरु मध्येबाट मन्त्रालयले मनोनीत गरेको दुई जना महिला सदस्य
(झ) सहसचिव, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय सदस्य—सचिव
(२) उपनियम (१) को खण्ड (छ) र (ज) बमोजिमका सदस्यहरुको पदावधि चार वर्ष हुनेछ ।
(३) उपनियम (१) को खण्ड (ख), (ग), (घ), (ङ), (च) र (झ) बमोजिमको सदस्यमा सम्बन्धित निकायले उपलब्ध भएसम्म महिलालाई मनोनयन गर्नु पर्नेछ ।